पर्यटनमन्त्री बस्याल र सिटिएस प्रमुख यानविच भेटवार्ता

पोखरा-छेन्दु उडान: पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी

पाेखरा | चैत १५, २०८१

पर्यटनमन्त्री बस्याल र सिटिएस प्रमुख यानविच भेटवार्ता

पोखरा:   गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स (CTS) प्रमुख जुन यान (Jun Yan) र  उनकी सेक्रेटरी ली शिन (Li Xin) बीच पोखरामा भेटवार्ता भएको छ।
 

भेटमा सिचुवान एयरलाइन्स (CTS) ले हालै सुरु गरेकाे पोखरा-छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएकाे सम्वन्धमा कुराकानी भएकाे छ ।

 

यसका साथै चीन सरकारले यस उडानलाई विशेष प्राथमिकता दिएको हुँदा यसको दीर्घकालीन सञ्चालनबारे गहन छलफल गरिएको थियो।
 

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा-छेन्दु चार्टर उडानले नेपालको पर्यटन मात्र होइन, नेपाल-चीन व्यापारिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको बताए । उनले चिनियाँ पर्यटकहरू पोखरामा मात्र घुम्न आउने होइनन्, होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन, र स्थानीय उत्पादनमा लगानी गर्ने सम्भावना पनि रहेकाे विश्वास व्यक्त गरे ।

 


 

नेपालका पर्यटन व्यवसायीहरूले अब चिनियाँ पर्यटकहरूलाई लक्षित गर्दै नयाँ प्याकेज, प्रचार-प्रसार, र लगानीका योजनाहरू बनाउनुपर्ने देखिएकाे मन्त्री बस्यालकाे भनाई छ ।
 

सिटीएस प्रमुख यानले निजी क्षेत्रको ठूलो चासो देखिएकाले पोखरा-छेन्दु उडानलाई नियमित बनाउन सकिने बताए । उनका अनुसार, चीन सरकारले पोखरालाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएको छ।
 

'चिनियाँ पर्यटक छोटो दूरीका गन्तव्य रोज्छन्। थाइल्याण्ड, हङकङ, मलेसियाजस्ता ठाउँहरू चीनमा निकै लोकप्रिय छन्। पोखरा पनि अब सोही सूचीमा राख्ने तयारी भइरहेको छ ।' यानले भने- 'सिचुवान प्रान्तका पर्यटन व्यवसायीहरूले पोखरालाई चिनियाँ पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन चाहिरहेका छन्।'
 

सिचुवान प्रान्तले पोखराका लागि १० वटा चार्टर उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। यदि यी उडानहरू सफल भए भने भविष्यमा पोखरा-छेन्दु नियमित हवाई सेवा सञ्चालन गर्ने सम्भावना बलियो हुनेछ।
 

चीनमा जुन-जुलाई महिनामा विद्यालयहरू बिदा हुने भएकाले परिवारसहित भ्रमण गर्ने प्रवृत्ति बढ्छ। चिनियाँ पर्यटकहरू छोटो दूरीमा घुम्न मन पराउने भएकाले पोखरा हङकङ र थाइल्याण्डकै राम्रो विकल्प बन्न सक्छ।
 

पहिलो चार्टर उडानबाट चीन गएका नेपाली पर्यटन व्यवसायी तथा सरकारी प्रतिनिधिहरू पनि फर्किसकेका छन्, जसले थप सम्भावनाबारे अध्ययन गरिरहेका छन्।
 

याे उडानसँगै अब पोखराबाट सिधै चीनको छेन्दु पुग्न सकिने सुविधा भने सुरु भएको छ।
 

पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुनुको अर्थ केवल हवाई यात्रुहरूका लागि सुविधा मात्र होइन, यसले पोखरालाई नेपालकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्नेछ।
 

यो उडानले चिनियाँ पर्यटकहरूको संख्या बढाउनुका साथै होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन, तथा व्यापारका अन्य क्षेत्रहरूमा समेत लगानी भित्र्याउनेछ।
 

नेपाल सरकारले यसलाई देशकै पर्यटन प्रवर्द्धनको प्रमुख उपलब्धिका रूपमा हेर्नुपर्छ। अब, सरकारी तथा निजी क्षेत्र मिलेर यसलाई सफल बनाउन रणनीतिक योजना बनाउने बेला आएको छ।
 

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि नै यस्तो ऐतिहासिक उपलब्धिको खोजी भइरहेको थियो। अब यो अवसरलाई सही रूपमा सदुपयोग गर्न सकियो भने, पोखरालाई "नेपालको अन्तर्राष्ट्रिय पर्यटन राजधानी" बनाउने सपना पूरा हुन सक्छ।

 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्